काठमाडौं । कोका–कोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरशिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो । जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्दछ ।
सक्षम एक्सेलेरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको र काठमाडौं, पोखरा, चितवन, नेपालगन्ज र जनकपुरमा उत्साही महिला सहभागीबाट रचनात्मक विचार र व्यवसायिक योजना प्राप्त भएको थियो । कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डाईरेक्टर दीपक सेन्थिलनाथले सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्रामले नेपालमा महिला उद्यमशीलतालाई बढावा दिन र दिगो विकासलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको बताए ।
“महिला उद्यमीलाई सहयोग गर्नु हाम्रो समुदाय र अर्थतन्त्रको समग्र वृद्धिको लागि महत्वपूर्ण छ, हाम्रा पÞmाईनलिस्टहरुले लिएर आएका योजनाले नेपालको उज्जवल भविष्यका लागि महिलाको भूमिका महत्वपूर्ण हुने देखाएको छ” उनले भने ।
आवेदकका नयाँ विचार र सफलताको सम्भावनाको आधारमा १० असाधारण फाईनलिस्टहरू सावधानीपूर्वक चयन गरिएका थियो । फाइनलमा अर्चना श्रेष्ठ (हाउस अफ पेट्स बाई हिसिसी), इन्दु श्रेष्ठ (पुतली नेपाल), लुनिवा शाक्य (रि–अप स्टुडियो), प्रतिमा बस्याल (पासा–नापा), रचना पौडेल (भर्मिकास्ट अर्गानिक्स), रोजी महर्जन (प्रोजेक्ट ग्रीन सर्कल), सबिना चौधरी (जाइका–ए–काठमाडौं), सुस्मिता पौडेल (इको रिभाइभ), श्रेया मल्ल (पाल), र श्रेया चोछे (चोछे– धुलिखेल) छनोट भएका थिए ।
कार्यक्रमभर पÞmाइनलिस्टले लिङ्ग, विविधता, समानता, समावेशीकरण जस्ता आवश्यक विषयहरू समेटेर सल्लाहकारको अवलोकनमा रहेर विभिन्न सेशनमा भाग लिएका हुन् । नेपालमा कोका–कोलाका लागि कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले महिला सशक्तिकरण बलियो समुदाय निर्माणको लागि महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् । सक्षम एक्सेलेटर एण्ड मेन्टरशिप प्रोग्राम धेरै महिलाको लागि आशा र अवसरको ज्योति हो । उनीहरूको यात्रा र उपलब्धिहरू साँच्चै प्रेरणादायी छन् र उनीहरूका सफलताका कथाहरू व्यक्तिगत विजयहरू मात्र नभई नेपालको आर्थिक र सामाजिक प्रगतिका कोसेढुङ्गाहरू हुन् ।
एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले एटेलियर कार्यक्रम र सक्षमको लागि कोका–कोलासँगको हाम्रो साझेदारीमार्फत हामीले युवा महिला उद्यमीलाई उनीहरूको महत्वाकाङ्क्षालाई वास्तविकतामा परिणत गर्ने अवसरहरू सिर्जना गरिरहेको बताइन् । उद्यमीले उनीहरुको दृढ सङ्कल्पद्वारा सञ्चालित र ज्ञानद्वारा समृद्ध सफलताको एक जीवन्त चित्र निर्माण गर्दैछन् । महत्वाकाङ्क्षाको प्रत्येक स्ट्रोकले व्यापार नवाचार र रूपान्तरणको नेतृत्व गर्ने सशक्त महिलाको शक्तिशाली छविमा योगदान पु¥याउने उनी बताउँछिन् ।
कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथ, कोका–कोलाका अन्य अधिकारीहरू र एटेलियर प्लेटफर्म प्रालिका संस्थापक रितु गुरुङ केसीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रम जुलाई २६, २०२४ मा एलायन्स फ्रान्काइज काठमाडौं (एएफके) अडिटोरियम, जावलाखेलमा भएको थियो । जजहरूको प्यानलमा ब्लिट्ज मिडिया प्रा.लि की पÞmाउण्डर, म्यानेजिङ्ग डाईरेक्टर र स्टार्ट–अप र इनोभेसन फोरम, एफएनसीसीआईकी चेयरपर्सन जुना माथेमा, हर्वेद बोटानिकलकी पÞmाउण्डर, डा. प्रतिभा पाण्डे र कोका–कोला बेभरेजेज नेपालकी पब्लिक अफेयर्स, कम्युनिकेशन एण्ड सस्टेनेबिलिटि डाईरेक्टर स्नेह राजभण्डारी थिए ।
निर्णायकद्वारा गहन मूल्याङ्कन पछि रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल र शालु थापाको नेतृत्वमा रहेको पाल, प्रतिमा बस्याल र प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको हो । साथै प्रत्येक व्यवसायले रु १ लाखको नगद पुरस्कार प्राप्त गरेको बताइएको छ ।
महिलाको आर्थिक सशक्तिकरणमा ध्यान केन्द्रित गरेर, कोका–कोलाले समृद्ध र साझा भविष्यतर्फ डो¥याउने पारस्परिक लाभहरू उत्पन्न गर्ने प्रयास गर्छ । यस पहलले महिला, उनीहरूको परिवार र समुदायको आर्थिक कल्याणका साथै समावेशी व्यापार वृद्धि र विकासलाई पनि बढावा दिन्छ ।






Comments are closed.