काठमाडौं । समृद्धि फाईनान्सको इटहरी शाखाको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा स्थानीयको सहभागीतामा १८ बगम्बेली फुलका विरुवा लगाइएको छ ।
साउन पहिलो साताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाईनान्सका अन्य शाखाबाट गर्ने संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।







Comments are closed.