रोटरी काठमाडौं हेरिटेजले गर्यो वृक्षारोपण

काठमाडौं । रोटरी काठमाडौं हेरिटेजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्कमा वृक्षारोपण सम्पन्न भएको हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले गाउँघर, समाजलाई हराभरा बनाउन वृक्षारोपणले सघाउ पुग्ने बताएका छन् ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सान्नानी लामा, वडा नंं. ४ का वडाध्यक्ष जयराम महत, नगरपालिकाका प्रमुख सल्लाहकार रमेश रिजाल, जिल्ला वन कार्यालयका प्रमुख पुष्करराज गड्तौला, वन कार्यालयका सव डिभिजन प्रमुख अरुणकुमार गुप्ता एवं रोटरी क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का वातावरण समितिका प्रमुख दिपकराज भण्डारी, डिष्ट्रिकका सर्जेन्ट एट आर्मस् बिनिता प्रधान लगायत क्लबका सदस्य एवं स्थानीय सहभागी थिए ।

क्लबका अध्यक्ष हेमाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा. बुद्धि मल्लले गरेका हुन् भने कार्यक्रमको संयोजन क्लबका प्रेसिडेन्ट ईलेक्ट कृष्णप्रसाद शर्माले गरेको बताइएको छ । समाजसेवामा योगदान गर्ने हेतुले केही महिना अघिमात्रै खोलिएको रोटरी क्लव अफ हेरिटेज काठमाडौंले यसअघि संयुक्त स्वास्थ शिविर आयोजना गरेको हो । क्लबले वातावरण, हेरिटेज, स्वास्थ, शिक्षा लगायत अन्य बिभिन्न क्षेत्रमा सेवा गर्ने योजना रहेको र वृक्षारोपण गरिएका बोटबिरुवाको संरक्षण गर्ने कार्यक्रम पनि सञ्चालन गर्ने जानकारी गराइएको छ ।

अहिले विश्वले नै वातावरण संरक्षणलाई प्राथमिकता दिंदै आएको सन्दर्भमा नेपालले यसलाई प्राथमिकता दिएर विश्वमा नै उदाहरणिय देश बन्न सक्ने अवसर रहेको साथै यस्ता वातावरण संरक्षका कार्यक्रमले देशको पर्यटन लगायत अन्य विभिन्न आर्थिक क्षेत्रलाई समेत सकरात्मक प्रभाव पारेर देशको दिगो आर्थिक विकासमा समेत मद्धत गर्ने क्लबले विश्वास लिएको छ ।

 

You might also like

Comments are closed.

Secret Link