काठमाडौं । आज ग्लोकल टीन हिरो नेपाल १० औं संस्करणमा आवेदन दिने प्रतिभावान् किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।
देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल अन्डर २० चयन गरिएको छ । अन्डर २० किशोरकिशोरीले विज्ञान, स्वास्थ्य कार्यकर्ता, उद्यमशीलता, बाल अधिकारकर्मी, वातावरणविद्, एआई विज्ञान तथा अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।
यस वर्षका उत्कृष्ट किशोर किशोरीमा सामाजिक कार्यकर्तामा आदेश रेग्मी, आशिष पन्थी, आयुष्मान पुरी, आशिष बंजारा, सजनी शर्मा, निश्चल भट्टराई, आईटी उत्साही आर्यन बस्नेत, बालअधिकारकर्मी कार्यकर्ताहरु घनश्याम विश्वकर्मा, पूर्णिमा तिम्सिना, उद्यमीहरु ह्याङ्साम नेम्वाङ, सुगम पराजुली, वातावरण अभियन्ता कौशल निरौला, जलवायु अभियन्ता किशोर शाही, प्राविधिक उत्साही क्रिस्टिना खनाल, टेक्नोप्रेनर प्रशिम तिम्सिना, स्टेम कार्यकर्ता सौरभ बाँस्तोला, एआई उत्साही शक्ति केसी, प्राविधिक उत्साही श्रीजय सुवेदी, स्वास्थ्य कार्यकर्ता सिन्सिया केसी र इनोभेटर तुषार शाह रहेका छन् ।
उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुनेछ । चयन भएका युवाको सम्मान सेप्टेम्बर १, २०२४ मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सव र सम्मेलन मार्फत हुनेछ ।






Comments are closed.