काठमाडौं । पर्यटकीय एवं धार्मिक ग्राम बन्दीपुरमा साउन १ देखि सञ्चालनमा रहेको शिव महिम्नाहा उत्सवको भव्य समापन भएको छ ।
खचाखच भरिएको ६ हजारभन्दा बढीको उपस्थितिका बीच व्यास आश्रमका संरक्षक कीर्तन शिरोमणि शान्ति स्वरूपानंद दामोदर बाबाले गरेका हुन् । उनले वनदेवीको मुख्य आश्रमस्थल बन्दीपुरमा नै रहेको र भगवान् शिवजीले वनदेवीलाई प्रेरणाको स्रोतको रूपमा लिने गरेकाले बन्दीपुर धार्मिक पर्यटनको केन्द्र बन्नुपर्ने बताए ।
समापनको समारोहमा एक दिने शिव पुराण पण्डित दीपक सापकोटाले सङ्गीतमय ढङ्गबाट प्रस्तुत गरेर भक्तजनलाई भरपुर आनन्द तुल्याएका थिए । मूल आयोजक समितिका संयोजक किरण पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन चिन्तामणि शर्माले गरेका हुन् । कार्यक्रममा भक्तजनलाई कृष्णराज अधिकारीले स्वागत गरेका थिए ।
त्यस्तै सन्ध्याकालीन आरती भने साउन ३२ सम्म सिद्धेश्वर महादेव मन्दिर केबलकार चोकमा चलिरहने बताइएको छ । साउन महिनामा चलेको महामहिमा यात्रा सम्पन्न गर्न बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने समग्र इभेन्ट व्यवस्थापन आरकेडि होल्डिङ्ग लिमिटेडले गरेको हो ।
कार्यक्रममा सहयोगीका रूपमा बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् ।






Comments are closed.