काठमाडौं । समृद्धि फाईनान्सको मधुवन शाखाको आयोजनामा वृक्षारोपण कार्यक्रम भएको छ । प्रहरी चौकी मधुवन सुनसरी परिसरमा बुधवार स्थानीयवासीको समेत सहभागीतामा विभिन्न जातका फलफुल र फुलका विरुवा लगाइएको छ ।
साउनको पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, बनेपा, इटहरी र औरही शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाईनान्सका अन्य शाखाबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।






Comments are closed.