लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीको सहयोगमा वृक्षारोपण तथा चौतारा निर्माण

पोखरा । लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब ३२५ आई डिष्ट्रकका डिस्ट्रीक गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको बताए । फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले सो ठाउँमा घुम्न आउने पर्यटकलाई बिश्राम लिनका लागि सहज हुने र लायन्स क्लबले निकै मेहनतका साथ वृक्षारोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागि समेत बारको ब्यवस्था गरेकोमा खुसी व्यक्त गरेका छन् ।

कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले चौतारा निर्माण संगै व्यवस्थित रुपमा गुल्महरका विरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद दिएका छन् ।

सुुर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको छ । विरुवाको संरक्षणको लागि समेत बाँसको बार लगाइएको छ । सो अवसरमा कोमागाने पार्क व्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्णकुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर प्रेम दहाल, वातावरण प्रमुख डासिराम सापकोटा लगायत सहभागी थिए ।

क्लवका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राबत तामाङ गोम्जाले स्वागत गरेका हुन् भने कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए ।

 

You might also like

Comments are closed.

Secret Link