काठमाडौं । सिटिजन्स बैंकले आयोजना गरेको ‘हजुरको प्रगतिको सहयात्री भिडियो’ नामक प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार प्रदान गरेको छ ।
बैंकले ग्राहकसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस ’ र ‘हजुरको प्रगतिको सहयात्री’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबैका माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको बैंकले जनाएको छ ।
प्रतियोगिताको समाप्ती संगै छानिएका उत्कृष्ट ३ विजेतालाई बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक समारोहका बीच सम्मान गर्दै चेक हस्तान्तरण गरेका छन् । प्रतियोगितामा प्रथम निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृत्तीय कृशल श्रेष्ठलाई क्रमशः नगद पुरस्कार रु ५० हजार, ३० हजार र २० हजार प्रदान गरिएको छ ।
जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हाँसिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतीको लागी श्रीमान् र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागी बुवाको भूमिका निकै नै महत्वपूर्ण हुने भिडियोमार्पmत दर्शाइएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.