प्रशान्ति टोल विकास संस्थालाई कामना सेवा विकास बैंकको गमला सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण गरेको छ ।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्र्तगत संस्थाले एक स्वच्छ वातावरण कायम गर्न “प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन” भन्ने उद्धेश्यले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गमला हस्तान्तरण गरेको हो ।

बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले संस्थाका अध्यक्ष ज्ञानबहादुर कार्कीलाई गमला हस्तान्तरण गरेका हुन् । टोल विकास संस्थाका अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कार्यक्रममा बैंकका कर्मचारी, टोल विकास संस्थाका सदस्य लगायत सहभागी थिए । आगामी दिनमा समेत सरोकारवालाको समन्वयमा सामाजिक कार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.