काठमाडौं । रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मिनिस्ट्री बार एण्ड क्याफे, गैरीधारामा भएको रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीले रक्तदान गरेका हुन् ।
रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले रियलमीले आफ्ना प्रयोगकर्तालाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्ने मात्र नभई समुदायलाई सशक्त बनाउने कुरामा पनि विश्वास गरेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सक्रिय रहिरहने उनले जनाए ।
मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सिइओ रवी धमलाले मिस्टर नेपालको उद्देश्य भनेको रुप र प्रतिभाको प्रवद्र्धन गर्ने मात्र नभई समुदायमा सकरात्मक प्रभाव पार्ने बताएका भछन् । रक्तदान कार्यक्रममा सहभागी हुनुअघि मिस्टर नेपालका ६० प्रतिस्पर्धीले नेपाली सेनाबाट शारीरिक तन्दरुस्ती सम्बन्धी तालिम पनि प्राप्त गरेका थिए ।
यस वर्ष पनि अघिल्ला संस्करण झैं प्रतिस्पर्धीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । मिस्टर नेपालको फिनाले यही भदौ ८ गते शनिबार काठमाडौंमा हुँदैछ ।






Comments are closed.