काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रा.लि. र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेका बिरामीलाई मध्यनजर गर्दै प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागी सहकार्य गर्ने सहमति गरेका हुन् ।
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वच्छ पानी, स्वस्थ जिन्दगानी’ भन्ने नारासहित आगामी दिनमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रसँग सहकार्य गरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ ।
स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिंग एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठको उपस्थितीमा दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
स्मार्ट एप्लाएन्सेस प्रालिले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरी अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताए ।






Comments are closed.