अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाडौंको होटल सोल्टीमा सम्पन्न भएको छ । अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सि., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् ।

यसैगरी महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुनप्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपककुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भए ।

आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए । आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ । तटस्थता र स्वतन्त्रता आइसीसीका यस्ता निर्धारक क्षमताहरु हुन, जसले विश्वभरिका नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्ध विकास गर्न मद्दत गर्दछ । आइसीसीले विश्वव्यापी रुपमा सीमापार व्यापारका लागि ठूला र साना व्यवसायीलाई दिने सेवा र सुविधा आफैमा एक मानक हुनाका साथै यसको परिचय बनेको छ ।

आइसीसी अन्तर्गत नै वल्र्ड चेम्बर फेडरेशनले विशेषगरी विकासशील र अल्पविकसित देशहरुमा निजी क्षेत्रको विकासलाई बढावा दिनका लागि चेम्बरहरुको क्षमता बढाउनका लागि सहयोग गर्दछ । आइसीसी नेपालको सदस्यता लिने उद्योग, बैंक आदि व्यावसायिक प्रतिष्ठानहरु आइसीसीको स्वतः सदस्य बन्ने प्रावधान पनि रहेको छ । सन् १९१९ मा फ«ान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीको सर्वोच्च संस्था र १७० देशका करीव ४ लाख ५० हजार सदस्य रहेका छन् ।

You might also like

Comments are closed.

Secret Link