चितवनमा बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना कार्यक्रम हुँदै

चितवन । बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना कार्यक्रम चितवनमा हुने भएको छ । आउँदो असोज ३ र ४ गते हुने कार्यक्रमका सम्बन्धमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

नेपाल दुर्लभ रक्तसमुदाय, चितवनको आयोजनामा पत्रकार सम्मेलन गरी नेगेटिभ रगतको रक्तदाताको बृहत राष्ट्रिय भेला तथा रक्तदाता सचेतना कार्यक्रम साथै प्रथम केन्द्रिय महाअधिवेशन गर्न लागेको जानकारी गराइएको हो ।

संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवाली, उपाध्यक्ष अरुणबहादुर रानाभाट र सचिव राजमणी नेपाल सहभागी सम्मेलनमा संस्थाले विभिन्न जिल्लाका जिल्ला संयोजक र प्रतिनिधिको उपस्तिथिमा असोज ३ गते नेगेटिभ रगत हुने रक्तदाता बीचमा दुर्लभ रगत र यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा अन्तक्र्रिया गर्ने जनाइएको छ ।

साथमा रमाइलो खेल कार्यक्रम गर्ने, असोज ४ गते विभिन्न जिल्लाका प्रतिनिधिको उपस्थितिमा प्रथम केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष लक्ष्मण ज्ञवालीले जानकारी दिए ।

वि.स. २०५८ मा स्थापना भएको नेपाल दुर्लभ रक्त समुदायले हालसम्म देशभरी नै नेगेटिभ रगत व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

You might also like

Comments are closed.

Secret Link