काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले नाडा अटो शो २०२४ को पहिलो दिनमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ ।
विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्नेछ । प्रयोगकर्ताले रु २० हजार भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाको लाभ लिन सक्नेछन् ।
सवारी सम्बन्धी विभिन्न सामग्रीका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताले विभिन्न सवारीसाधन सेवा प्रदायकमा ५० प्रतिशत सम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् ।
सो सेवा प्रदायकमा कार मर्मत सेवा, कार डिटेलिङ, कार धुने सेवा, टायर सम्बन्धी सेवा देखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्ममा छुटहरू उपलब्ध रहनेछ । खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती ब्लुबुक नवीकरण सेवामा ग्राहकको उत्साहलाई मध्यनजर गर्दै सवारीको मर्मत सम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको बताएको छ ।
प्रयोगकर्ताका लागि खल्तीको तर्फबाट ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा प्रदान गर्नुको साथै विभिन्न सवारीसाधन सेवा प्रदायकसँग सहकार्य गर्दै कार मर्मत देखि थुप्रै कार सेवामा छुटको व्यवस्था छ । वार्षिक रु ९९९ मा सुरु हुने यस प्याकेजको सब्सक्रिब्सनबाट प्रयोगकर्ताले आफ्नो कार सम्बन्धी सेवा सुविधामा भरपुर लाभ उठाउनेछन् ।
खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिब्सन प्याकेज समेत उपलब्ध गराउँदै आइरहेको छ । सो प्याकेजमा खल्तीले रु ५ लाख ३० हजार सम्मको स्वास्थ्य र दुर्घटना घटना बिमा साथै रू. १ लाख ५० हजार सम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकमा छुट उपलब्ध गराइरहेको छ ।
आइएसओ २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA ग्लोबल इनोभेसन २०२२, देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ । खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारीको परिवारमा रूपान्तरण भएको छ ।
सबै नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।






Comments are closed.