र्याडिसन होटलमा कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र र्याडिसन होटल (लाजिम्पाट, काठमाडौं) सम्झौता भएको छ । बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्तालाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुबिधामा आर्कषक छुट प्रदान गरिने भएको छ ।

कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धि सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिश छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट बैंकका सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियत दरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.