रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट पोखरामा सम्पन्न

पोखरा । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ ।

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौं, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह –आतिथ्यतामा कार्यक्रम भएको हो ।

रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिष्ट्रक ३२९२ का डि आर आर बिक्रम क्षेत्रिको (डष्ट्रक सेसन) अध्यक्षता एवम् पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख आचार्यले रोट्रयाक्टको माध्यमबाट नेतृत्व विकाससँगै सामाजिक योगदानका लागी अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एवम् रोट्रयाक्ट अभियन्तालाई पर्यटकिय राजधानी पोखरामा स्वागत गर्न पाउदा निकै खुसि लागेको बताउदै कार्यक्रम सफलतको शुभकामना दिए ।

कार्यक्रममा रोटरी डिष्ट्रक गभर्नर इलेक्ट बिनोद कोइराला, डिआरसि चियर कृष्णप्रसाद पाण्डे, डिआरआर इलेक्ट दिनेश गैरे, अतिथिको रुपमा रोटरी डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल, प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक विश्वदर्शन पराजुली, रोट्रयाक्ट डिष्ट्रक कन्फ्रेन्स चियर रितेश ज्ञवाली, डिआरसि ध्रुब केसि, रेशम खड्का, मिलन ढकाल, सुस्मिता केसि लगायतको सहभागी थिए । अध्यक्षहरुको भेलामा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रक कमिटीका पदाधिकार लगायतले प्रतिनिधित्व जनाएका छन् ।

रोट्रयाक्ट बर्ष २४–२५ लाइ प्रभावकारी एवं उत्कृष्ट रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्त्वपूर्ण भुमिका खेल्ने डिआरआर बिक्रम क्षेत्रीले बताए । कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक डाइरेक्टरीको बिमोचन सँगै रोट्रयाक्ट गित समेत रिलिज गरिएको छ । सोही समारोहमा डिष्ट्रक डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमलाई सहयोग गर्ने सहयोगदातालाई मायाको चिनोद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा रोटरी डिष्ट्रक गभर्नर इलेक्ट बिनोद कोइराला, डिआरसि चियर कृष्णप्रसाद पाण्डे, डिआरआर इलेक्ट दिनेश गैर, रोटरी डिष्ट्रक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल डिआरसि अर्जुन खनाल लगायतले शुभकामना राखेका छन् । साथै रोट्रयाक्ट डिष्ट्रक कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागीलाई पोखराका महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको अवलोकन भ्रमणसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिको व्यवस्थापन समेत आतिथ्य क्लब र आयोजकले गरेका हुन् ।

प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानका एडि आर आर विश्वदर्शन पराजुलीको स्वागत, नम्रता लम्साल, अदित आचार्य र डिष्ट्रक सेक्रेटरी सुबिन खड्काको संयुक्त सञ्चालनमा सम्पन्न कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिष्ट्रक कमिटीबाट गरी २ सय भन्दा बढी रोट्रयाक्टरको सहभागीता रहेको डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

You might also like

Comments are closed.

Secret Link