काठमाडौं । ६ दिनसम्म चलेको ‘नाडा अटो शो २०२४’ मा एमएडब्लु बृद्धि कर्पले नेपाली बजारमा बिक्री वितरण गरिरहेका विद्युतीय गाडीहरुको बुकिङ उत्साहजनक देखिएको छ ।
नाटा अटो शोमा नै सार्वजनिक भएको ‘नामी’ गाडीमा दर्शकको आकर्षण देखियो । अटो शो अवधिभर नामी गाडी बुकिङ गर्नेहरुको संख्या ७१७ वटा रहेको कम्पनीले जनाएको छ । आकर्षक अफरसहित कम्पनीले अटो शोमा नामी गाडीको बुकिङ गराएको थियो ।
आकर्षक लुक्स, राम्रो फिचर्स, तुलनात्मक रुपमा सस्तो मूल्यले समेत गाडीको आकर्षणमा साथ दिएको थियो । कम्पनीले नामी ई–१लाई २९ लाख ९९ हजार रुपैयाँमा र नामी ई–२लाई ३१ लाख ९९ हजार नामी ई–३ लाई ३४ लाख ९९ हजार रुपैयाँमा बुकिङ गरेको थियो ।
एमएडब्लुले नै नेपालमा भित्र्याएको सेरेस गाडी २१० वटा र दीपल १६५ वटा बुकिङ भएका छन् ।
Comments are closed.