पोखरा । कुमुदिनी होम्स माध्यमिक विद्यालय पोखराले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई कार्यक्रम गरेको छ ।
पोखरा महानगरपालिकाको गैह्रापाटनमा रहेको यस विद्यालयले विद्यार्थी आदित्य आचार्य र विशाल गुरुङलाई एक कार्यक्रम आयोजना गरी बधाई तथा उज्ज्वल भविष्यको कामना गरेको छ ।
संस्थापक अध्यक्ष अशोक पालिखेले यस विद्यालयमा अध्ययनरत विद्यार्थीले राम्रो नतिजा ल्याएकोमा बधाई दिएका छन् । आदित्य आचार्यले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको इन्ट्रान्स परिक्षामा १० औं स्थानमा नाम निकालेर निःशुल्क अध्ययन गरिरहेका छन् । विशाल गुरुङले गण्डकी बोर्डिङको इन्जिनियरिङ नाम निकाल्न सफल भएका छन् ।
यस विद्यालय कुनै समयमा एसएलसीमा बोर्ड टप गर्नेहरुको लिष्टमा परेको विद्यालय पनि हो । विसं २०७७, ७८, ७९ र ८० मा गरी २० जना विद्यार्थीले अहिले टियू, पियू, जापान र अमेरिकामा छात्रवृत्तिमा नाम निकालेर अध्ययन गरिरहेका छन् ।






Comments are closed.