काठमाडौं । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच रेमिटान्स सम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।
आईएमइ काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको हस्ताक्षर समारोहमा आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्सका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि समारोहमा सहभागी थिए ।
कमर्स प्लेक्स सिम्पैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिन्ट्रासीद्वारा सञ्चालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसायले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।
कार्यक्रममा कमर्स प्लेक्सका व्यवसाय प्रमुख शाहरोजले आइएमईसँगको साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीलाई भरपर्दो च्यानलमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाडी बढेको बताए ।
आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने विश्वास व्यक्त गरिएको छ । आप्रवासी नेपालीलाई थप सहज हुने अपेक्षा गरिएको छ । आईएमइ रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।






Comments are closed.