काठमाडौं । डोङफेङ नामीको लागि नेपालकोे आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले काठमाडौंको नागपोखरी नक्सालमा अत्याधुनिक शोरुम खोल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुने जनाइएको छ ।
हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप देशको अग्रणी र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो । यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन लगायतका ब्राण्डलाई नेपाली बजारमा यो समूहले बिक्री वितरण गर्दै आइरहेको छ ।
नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको जनाइएको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यका वाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ ।
हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकबाट प्रशंसा र माया पाएको कम्पनीको भनाइ छ ।
प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापक रुपमा प्रशंसा पाइरहेको छ र नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने विश्वास गरिएको छ ।
Comments are closed.