कुमारी बैंकले ल्यायो महिला खातावालालाई तीजमा ‘क्यास ब्याक योजना’

काठमाडौं । कुमारी बैंक लिमिटेडले हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम् सेवा सुविधा दिदै आएको बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीका खाताबाट डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भूक्तानी गर्दा तीजको शुभकामना स्वरुप भदौ २० गतेदेखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई रु. १०० को क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीको विद्युत्तीय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।

विगत २३ वर्ष देखि निरन्तर वित्तीय साक्षरता प्रवद्र्धन गर्दै बैंकिङ सेवा दिदंै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाह प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमिक्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.

Secret Link