इन्दिरा आईभीएफ नेपालले पायो ‘क्युएआई’ को मान्यता

काठमाडौं । इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सेवाका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्युएआई) बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ ।

यस ऐतिहासिक उपलब्धिले प्रजनन् उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउनेछ । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ, नेपालको समर्पणको प्रमाण स्वरूप ‘क्युएआई’ प्रमाणीकरण प्राप्त भएको हो ।

यसबाहेक यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई समेत उजागर गर्छ । बिरामीको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन् उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ । यस उपलब्धिका बारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा होमागाईँले इन्दिरा आईभीएफ नेपालमा सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएको बताएका छन् ।

क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो आइभीएफ तथा एआरटी केन्द्र भएको बताए । क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्युएआई) को एआरटी केन्द्र अक्रिडिटेसन कार्यक्रम एआरटी केन्द्रका सेवामा गुणस्तर, सुरक्षा, विश्वसनीयता र पारदर्शिता ल्याउन विकसित गरिएको हो ।

यी मापदण्डहरू अद्वितीय र नेपालका साथै विश्वका धेरै भागमा यस किसिमको पहिलो विशेषता मान्यताहरू हुन् । क्युएआई मापदण्डहरू हेल्थ केयर एक्सटर्नल इभ्यालुएसन असोसियसनमा गुणस्तरको लागि अन्तर्राष्ट्रिय समाजका सिद्धान्तहरू प्रयोग गरी विकास गरिन्छ । अस्पताल वा क्लिनिकले आफ्ना बिरामीको अद्वितीय आवश्यकता र अपेक्षा अनुरूप अनुकूलित प्रक्रियाहरू स्थापना गरेको छ र सुधारका लागि निरन्तर निगरानी गरिने छ भन्ने सुनिश्चित गरेर यी मापदण्डहरूले सुविधा र बिरामीलाई एउटा रूपरेखा र मापनयोग्य प्रणाली प्रदान गर्दछन् ।

यसका साथै क्युएआई मानकले उनीहरूको क्लिनिकल सेवालाई बलियो बनाउन डिजाइन गरिएका सीप र दक्षताहरू प्राप्त गर्न मात्र नभई संस्थाको कार्यसम्पादनमा पनि प्रभाव पार्ने अनौठो अवसरको साथ स्वास्थ्य सेवा सुविधाहरू प्रदान गर्छ । जनमानसमा बाँझोपन बारेको बढ्दो चेतनासँगै नेपालमा आईभीएफ क्षेत्र तीव्र गतिमा विकसित हुँदैछ । प्रजनन् उपचार खोज्ने बिरामीमा विश्वास र भरोसा जगाउने गरी आफ्ना अत्याधुनिक सुविधा र अनुभवी विशेषज्ञको टोलीका साथ नयाँ बेन्चमार्कहरू सेट गर्दै इन्दिरा आईभीएफ नेपाल यस परिवर्तनको अग्रपंक्तिमा छ ।

क्युएआईको बारेमाः
शिक्षा, प्रशिक्षण, गुणस्तर सुधार र मान्यता तथा प्रमाणीकरणको इकोसिस्टम सिर्जना गर्न क्युएआईको स्थापना गरिएको हो । यो संस्थाले गुणस्तरसँग सम्बन्धित विज्ञ र संस्था लगायत सरोकारवालालाई आफ्नो दृष्टिकोणलाई साकार पार्न आफ्नो अनुभव र ज्ञान साटासाट गर्ने प्लेटफर्म प्रदान गर्छ । यसले सम्बन्धित सबैलाई सिक्न र त्तब्क्ष् सँग संलग्न संस्थालाई सुधार गर्नमा योगदान गर्ने ठूलो अवसर प्रदान गर्छ । यहाँ विभिन्न किसिमका कार्यक्रमहरू विभिन्न विषय अन्तर्गत एक अर्काबाट निरपेक्ष रहने तरिकाले सञ्चालन गरिन्छ ।

इन्दिरा आईभीएफको बारेमाः
इन्दिरा आईभीएफ बाँझोपन सम्बन्धि समस्याहरूसँग जुधिरहेका जोडीलाई बृहत् एवम् सहृदय उपचार प्रदान गर्न समर्पित एक अग्रणी प्रजनन क्लिनिक हो। भारतको सबैभन्दा ठूलो बाँझोपन विशेष क्लिनिक श्रृंखलाको एक हिस्साको रूपमा रहेको इन्दिरा आईभीएफ नेपालले अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञको टोली मार्फत् आईभीएफ, आईयुआई र अन्य सहायक प्रजनन प्रविधिहरू सहित बिस्तृत उपचार सेवाहरूको दायरा प्रदान गर्छ ।

बाँझोपनका बारेमा व्याप्त भ्रम र अन्धविश्वास हटाउन प्रतिबद्ध इन्दिरा आईभीएफ नेपाल बाँझोपन उपचारका क्षेत्रमा जनचेतना, आशावादिता र सर्वसुलभ पहुँचको सिर्जना गर्न प्रयासरत छ । केन्द्रकी प्रमुख तथा प्रमुख बाँझोपन विशेषज्ञ डा. नेहा होमागाईको नेतृत्वमा रहेको यस क्लिनिक प्रत्येक व्यक्तिको परिवारको आनन्द अनुभव गर्ने अवसर प्राप्त गर्ने हकमा विश्वास गर्दै दम्पतीलाई अभिभावकत्वको यात्रामा सशक्त बनाउन प्रतिबद्ध छ ।

सन् २०२३ मा यस संगठनमा रणनीतिक रूपमा BPEA–EQT लगानी गरिएको थियो । इन्दिरा आईभीएफको स्थापना डा. अजय मुर्डियाद्वारा सन् २०११ मा राजस्थानको उदयपुरमा गरिएको थियो ।

You might also like

Comments are closed.

Secret Link