कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षक–प्रशिक्षण सम्पन्न गरेको छ ।

युसएड संगको सहकार्यमा “देशैभरि बर्षैभरी” अभियानकै रुपमा वित्तीय साक्षरता प्रर्वद्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशिल सोँचलाई औपचारिक वित्तीय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कबैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको हो ।

वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा वित्तीय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देश विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामाग्री विकास गरी समाजमा रहेका व्यवसायिक एवं उद्यमशिल सम्भावनालाई प्रर्वद्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको यस बैंकले वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

lcci
You might also like

Comments are closed.