कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीले लाभांश प्राप्त गर्नेछन् । यो संगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८०/८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।

बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकबाट सो प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

You might also like

Comments are closed.