कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीमा मोहन

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीमा मोहनप्रसाद अधिकारी निर्वाचित भएका छन् । शुक्रबार भएको क्लबको सातौ साधारणबाट पृथ्वी बहुद्देश्यीय सहकारी संस्थाका अधिकारी निर्वाचित भएका हुन् भने उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी सुरक्षा पालुवा सहकारी, सचिव शंकरप्रसाद पौडेल लेखनाथ सामुदायिक सहकारी, कोषाध्यक्ष सन्तोष रानाभाट, शुभसौगात सहकारी, सहसचिव प्रेमसागर अधिकारी जनसेवा सहकारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यमा दिपक थापा, भावना सामुदायिक कृषि सहकारी, शुशिल केसी, जयलक्ष्मी सहकारी, श्रीराम सुबेदी मातृभूमि सहकारी, रबिन्द्र तिवारी घामपानी सहकारी, सन्तोष पौडेल पारिजात सहकारी र महेश पौडेल पिपल्स सहकारीबाट निर्वाचित भएका हुन् ।

प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीका भोजराज घिमिरेले सहकारीलाई कसरी सुदृढ बनाउने र सहकारी अभियानमा सहकारीलाई शुद्धिकरण गरी निरन्तर अगाडी बढाउने मुख्य जिम्मेवारी कोअपरेटिभ कास्कीको पनि रहेको बताए । संस्थालाई मजबुत बनाउँदै सहकारीको सिद्धान्त र मर्म अनुसार कर्म गरियो भने लक्ष्यमा पुगीने बताउँदै अतिथि घिमिरेले देशका तल्लो वर्गसम्म पुगी तिनका आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन ल्याउन मुख्य भूमिका खेल्ने एक मात्र क्षेत्रमा समस्या देखा पर्नु दुःखदायी रहेको बताए ।

क्लबका मानार्थ सदस्य एवम् पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरु·ले कोअपरेटिभ म्यानेजर्स क्लब एउटा सिकाइको थलो भएकोले त्यहाँ सिकिएका विषयलाई आफ्ना सहकारीमा लागु गर्न उपयोगी भएको बताए । केही सहकारी संस्था सुशासनलाई लत्याएर अगाडि बढ्दा अहिलेको समस्या आएको बताउँदै गुरु∙ले भावी समस्यालाई कसरी सहजै समाधान गर्न सकिन्छ भन्ने विषय संस्थाका प्रमुखहरुले आकलन गरी अगाडी बढ्न आवश्यक देखिएको बताए ।

क्लबका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष हरिप्रसाद पन्थीले गरेका थिए भने संस्थाको वार्षिक गतिविधि तथा प्रतिवेदन नवनिर्वाचित अध्यक्ष मोहनप्रसाद अधिकरीले प्रस्तुत गरेका हुन् । कमलमोहन आचार्यको संयोजक, परमेश्वर दाहाल र प्रविण कँडेल सदस्य रहेको निर्वाचन उपसमितिले निर्वाचन सम्पन्न गरेको हो ।

You might also like

Comments are closed.