कलाकार, समाजसेवी तथा पत्रकार सम्मानित

काठमाडौं । ‘कर्म अनुसार आ आफनो पहिचान, विभिन्न व्यक्तिलाई सम्मान’ को नारासहित एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टले १२ बर्ष प्रवेशको अवसरमा विभिन्न कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ । चलचित्र विकास बोर्डको सभा हलमा आयोजित एक कार्यक्रमबीच विभिन्न कलाकार, समाजसेवी, व्यवसायी तथा पत्रकार सम्मान गरिएको हो ।

अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा अभिनेता तथा वशिष्ठ चलचित्रकर्मी रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्रकर्मी तथा नेपाल राष्ट्रिय चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसि सहभागी थिए ।

कार्यक्रममा हास्य कलाकारहरु राजाराम पौडेल, शिवहरी नेपाल, शिव ढकाल, रवी डंगोल, निर्मलराज पौडेल, पवन केसी, मञ्जु श्रेष्ठ विजुली, चलचित्रकर्मी रामचन्द्र अधिकारी, उक्तम केसी, चलचित्रकर्मी नारायण प्रधान, वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरे, कलाकार पुकार भट्राई, सुरज देशराज, दिक्पाल, बरिष्ठ बालरोग विशेषज्ञ डा. रामानन्द चौधरी, गायक पवित्र श्रेष्ठ, भाषाविद् तथा लेखक तेजबहादुर प्रधान, चर्चित अभियन्ता सविन श्रेष्ठ, गायक तथा संगीतकार विनोद ढकाल, वरिष्ठ पत्रकार, लेखक तथा सम्पादक नन्दलाल खरेल, वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा लगायतका व्यक्तिलाई कदरपत्र सहित सम्मानित गरिएको छ ।

उत्कृष्ठ चलचित्रको रुपमा छक्कापञ्जा ३ का निर्देशक तथा चर्चित अभिनेत्री दिपाश्री निरौलालाई कदरपत्र सहित सम्मान गरिएको हो । त्यसैगरी विष्णुप्रसाद सुबेदी, लोक गायक सफल श्रेष्ठ, चर्चित चलचित्र निर्देशक दिलबहादुर तामाङ, चर्चित गायक नारायण थापा, प्रेमबहादुर कार्की, कोरियोग्राफर दिपक तामाङ, अभिनेत्री आशा भुषाल, कलाकार दिप गुरुङ, गितकार प्रेमबहादुर तामाङ, गोकुल सुबेदी, कलाकार शुशिला उप्रेती, सुगत तारङ्गीत, हास्य कलाकार सुरेश तिमिल्सिना, कलाकार तथा व्यवसायी राजु कार्की, समाजसेवी सविना कटवाल, बाल कलाकार दीपसंग सिलवाल, गायक दाउत राई तथा व्यवसायी एवं समाजसेवी मेलिना राई कदरपत्रसहित सम्मानित भएका छन् ।

कार्यक्रममा पञ्चेबजासहित साँस्कृतिक प्रस्तुती देखाइएको छ । कार्यक्रमको सञ्चालन एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टका अध्यक्ष गोपाल ढकाल (छन्दे) ले गरेका हुन् । एभरग्रीन वल्र्डवाइड इन्र्टरटेनमेन्टले विगत १२ बर्ष देखि कलाकार तथा विभिन्न विधाका व्यक्तित्व तथा प्रतिभालाई सम्मान गर्दै आएको छ । भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा ठुलो संख्यामा दर्शक सहभागी थिए ।

You might also like

Comments are closed.