पोखरा । ग्रीन डेभलपमेण्ट बैंक र ग्यालेक्सी हस्पिटल प्रा.लि बीच सम्भmौता भएको छ ।
पोखरामा केन्द्रीय कार्यालय रहेको यस बैंकले आफ्ना ग्राहक तथा कर्मचारी र उनका आश्रित परिवारका लागी पोखरा महानगरपालिका १०, उत्तमचोकमा अवस्थित ग्यालेक्सी हस्पिटलसँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट प्रदान गर्ने विशेष सम्झौता गरेको हो ।
सम्झौता पछि बैंकका ग्राहकले ग्रीन डेविट कार्ड, मोवाईल बैंकिङ प्रयोग गरी हस्पिटलमा उपलब्ध युएसजी (अल्ट्रासोनोग्राम), ईसीजी, एक्स–रे, सबै प्रकारका बेड चार्ज, प्याथोलोजी सेवा, स्वास्थ्य प्याकेजमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
ग्यालेक्सी हस्पिटल पोखराको सुविधा सम्पन्न अस्पताल रहेको र सो अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकबाट आधुनिक प्रविधियुक्त उपकरणबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह हुदै आएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक संयुक्तबहादुर धाख्वा र ग्यालेक्सी हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष बरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ डा. हेमन्त मानन्धरले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दिपेन थापा र बैंकको बुद्धचोक शाखाका शाखा प्रवन्धक मानबहादुर शाहीको समेत उपस्थिति रहेको थियो । यो सम्झौता १ बर्षको लागी गरिएको छ ।
Comments are closed.