सिटिजन्स बैंकले ल्यायो ‘स्मार्ट हब’ सञ्चालनमा, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टनेशनल लिमिटेडले ‘स्मार्ट हब’ सञ्चालनमा ल्याएको छ । डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप आफ्नो कर्पोरेट कार्यालयको प्राङ्गणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहक डिजिटल कारोवारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

साथै हाललाई कर्पोरेट कार्यालयबाट शुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानबाट समेत सञ्चालन गरिने योजना रहेको उनी बताउँछन् । स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकले क्लियरिङ्ग चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलव्ध छ । क्यास डिपोजिट मेसिनबाट १ हजार र ५ सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।

डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सँधै प्राथमिकता रहेको छ र यसैको निरन्तरता स्वरुप बैंकले असोज महिनाभर “सिटिजन्स डिजिटल महिना” उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेको छ । जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुलाई ४ सयसम्म क्यासब्याक प्राप्त हुने, दशैमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सो कारोबारमा १ सयसम्म क्यासब्याक प्राप्त हुनेछ ।

साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकलाई आकर्षक क्यासब्याक प्राप्त हुने, “दशैंमा चलाउ सिटिजन्स कार्ड” अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथै “डिजिटल रेमिटेन्स प्राप्ति अभियान” मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने लगायत अन्य आकर्षक अफरहरु समावेस गरिएका छन् । यस्ता डिजिटल प्रोत्साहित कारोवार अभियानबाट समग्र बैंकिङ क्षेत्रमा नै डिजिटल बैंकिङको विकास हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विगत १८ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ सेवा पु¥याँउदैै आएको छ ।

You might also like

Comments are closed.