एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी निर्देशक लगायत अन्य सरोकारवाला एवम् निर्णायक व्यक्ति लगायत सहभागी थिए ।

कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीले नेपालमा प्राइभेट इक्विटीका अवसरका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका छन् । एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरलाई अझ प्रस्ट्याएको बताए ।

प्रख्यात मोटिभेसनल स्पीकर श्री अतुल सत्य कौशिकले “भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू शीर्षकमा मुख्य वक्तव्य दिँदै पाठकलाई मन्त्रमुग्ध बनाएका छन् । उनका गहन विचारले पौराणिक ज्ञानबाट आधुनिक चुनौतीको सामना गर्ने तरिकामा जोड दिएको छ । उनले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्ता महान् व्यक्तिका गुणलाई अपनाउनुपर्छ भनेर पनि छलफल गरेका छन् ।

एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ्ग र फिक्कल टी एन्ड कफी जस्ता कम्पनीमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिएका छन् । छलफलले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फत वृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघि बढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको छ ।

सहभागीलाई उत्साहपूर्ण सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै एनआइएमबि एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए । साथै देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवालाले सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनी भन्छन्, “आजको ज्ञान र अनुभव आदानप्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धि र प्रगति ल्याउन सहयोग गर्नेछ ।”

कार्यक्रममा सहभागीलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावना सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको छ । थट नेतृत्व, स्ट्राटेजिक नेटवर्किङ र अनुभव आदानप्रदानको उत्कृष्ट सम्मिश्रणले ‘इन्भेस्टर्स सर्कल’ नामको कार्यक्रमलाई एक शानदार सफलतामा परिणत गरेको आयोजकको विश्वास छ ।

एनआइएमबि एस क्यापिटलद्वारा आयोजित कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धतालाई दर्शाएको छ ।

lcci
You might also like

Comments are closed.