ओखती नेपाल अवार्ड २०२४ : उत्कृष्ट विक्रेता र डिलर सम्मानित

काठमाडौं । नेपालको प्रतिष्ठित ओखती ब्रान्डको आयोजनामा “ओखती नेपाल अवार्ड २०२४” सम्पन्न भएको छ । ओखती नेपालले उत्कृष्ट खुद्रा विक्रेता, डिलर र अन्य साझेदारको उल्लेखनीय प्रदर्शनलाई सम्मान गरेको छ ।

नेपाली बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै ओखती ब्रान्डले उपभोक्ताको विश्वास जित्दै देशभरी आफ्नो मजबुत पहिचान स्थापित गरेको छ । अवार्डले डिलर र रिटेलरबीचको सम्बन्धलाई अझ सशक्त बनाउने र उनीहरूको महत्वपूर्ण योगदानको कदर गर्दै अघि बढ्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहभागीले ओखती ब्रान्डलाई उच्च गुणस्तरको उत्पादनका लागि समर्थन जनाउँदै यसले नेपाली उत्पादनको पहिचानलाई अझ प्रख्यात बनाउने महत्त्वपूर्ण योगदान गरेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनको महत्त्वबारे चर्चा गर्दै ओखती ब्रान्डलाई देशकै गौरवको रूपमा प्रशंसा गरे । उनले भने, “ओखतीले नेपाली बजारमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत विशेष स्थान बनाएको छ र यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पनि उचाइमा पुर्याउने विश्वास छ ।”

ओखतीका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल र ओखती समूहकी अध्यक्ष चाँदनी तिवारीले सम्मानित विक्रेता र डिलरको भविष्यमा प्रगतिको कामना गर्दै ब्रान्डलाई निरन्तर सशक्त बनाउन सहयोगको अपेक्षा गरेका छन् ।

यस कार्यक्रमले ओखती ब्रान्डलाई अझ मजबुत बनाउँदै ग्राहक र साझेदारबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण कदमको रूपमा चिनिन सफल भएको छ ।

You might also like

Comments are closed.