माछापुच्छ्रे बैंकको २४औँ वार्षिकोत्सव तथा ग्राहकलाई चाडपर्व लक्षित अफरै अफर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवामा अफरै अफर सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो २४आंै वार्षिकोत्सवको अवसरमा डिजिटल सेवामा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । छुट अफरको फाईदा ग्राहकले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ MBL M- SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्नेछन् । बैंक असोज १७ गतेबाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ ।

बैंकले असोज १ देखि ३० गते सम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ MBL M- SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ । जसअन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको २ वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई ५ वर्ष अवधीको लागि एकमुष्ट २४ सय मात्रैमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ MBL M- SMART (APP) सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

यसैक्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकले असोज १ गतेदेखि १८ गते सम्मको लागि डिजिटल कारोवारको प्रोत्साहन र प्रर्वद्र्धनको लागि बैंकको आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकको लागि क्विज कार्यक्रम सञ्चालन गर्नछ र सही उत्तर दिने सहभागीमध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सक्नेछन् ।

साथै यस क्यामपिएन अवधीभर बैंकबाट जारी डिजिटल माध्यमबाट कारोबार गर्ने ग्राहक र डिजिटल भुतmानी लिने मर्चेन्टका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभि, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्नेछ ।

You might also like

Comments are closed.