पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले गर्यो स्वागत

लेखनाथ । पोखरा उद्योग वाणिज्य संघको नव निर्वाचित टिमलाई लेखनाथ उद्योग वाणिज्य संघले बधाई दिदै स्वागत गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न ३५ औं अधिवेशनबाट निर्वाचित टिमलाई एक कार्यक्रमका बीच बधाई तथा स्वागत गरिएको हो । गोकर्ण कार्कीको अध्यक्षताको टिमलाई

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले हालै नवनिर्वाचित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको टिमलाई बधाई तथा शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथ उद्योग वाणिज्य संघले स्थापनाकालदेखी उद्योगी व्यवसायीको हितमा मात्र काम नगरी समग्र लेखनाथ क्षेत्रको विकासमा सक्रिय भुमिका खेलेको दावी गरे । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतीले समग्र पोखराको विकासका लागि मिलेर उदाहरणिय काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कार्कीले लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघ विगतमा कतिपय मुद्धामा एक हुन नसकेका कारण समग्र पोखराबासीलाई घाटा पुगेको स्मरण गर्दै अगामी दिनमा समग्र पोखराको आर्थिक विकासको लागी र सम्मृद्ध पोखरा निर्माणको लागी साझा एजेण्डा लिएर महासंघसम्म पुग्दा पनि एक हुने प्रद्धिवद्धता व्यक्त गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुली र धन्यवाद वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले दिएका हुन् ।

You might also like

Comments are closed.