महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई

काठमाडौं । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई प्रदान गरिएको छ ।

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारलाई सम्मान गर्ने उद्धेश्यले वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई प्रदान गरिएको हो ।

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा एक कार्यक्रम गरी अर्याललाई पुरस्कार प्रदान गरिएको छ ।

jutta mela

कार्यक्रमका अध्यक्ष दाहाल र प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा अर्याललाई पुरस्कार प्रदान गरे ।


यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ८ लाख ग्राहक रहेका छन् ।

You might also like

Comments are closed.