भिसा अन्तर्राष्ट्रियबाट कुमारी बैंक २ विधामा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड भिसा अन्तर्राष्ट्रियद्वारा २ विधामा सम्मानित भएको छ । भिसा अन्तर्राष्ट्रियद्वारा नेतृत्व सम्मेलन नेपाल २०२४ को आयोजना भएको गरिएको हो ।

नेताहरुको सम्मेलनमा भिसा अन्तर्राष्ट्रियद्वारा कुमारी बैंकलाई ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्टता’ र ‘क्रस–सीमा व्यापारमा उत्कृष्टता’ अवार्डले सम्मान गरिएको छ । यस बैंक आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको छ ।

jutta mela

आगामी दिनमा पनि आफ्ना सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका निमिक्त डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने बैंकले प्रतिबद्धता जनाएको छ । विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गदै आइरहेको छ ।

आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ ईकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमिक्त सहकार्य गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.