सि.बि.आई.एल. सेक्युरिटिजको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक ईन्टरनेश्नल लिमिटेडको सहायक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि सिटिजन्स बैंक ईन्टरनेश्नलका चिफ फाईन्यान्स अफिसर प्रमेशराज कायस्थ रहेका हुन् ।

सभामा कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गते सम्मको नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरिएको छ ।

jutta mela

साथै कम्पनीले गत वर्षको संचित मुनाफा तथा आ.व. २०८०/०८१ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको ५.२६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिजले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोलबाट ग्राहकलाई धितोपत्र कारोवार सेवा दिदै आइरहेको छ ।

साथै यस कम्पनीले सिटिजन्स बैंक ईन्टरनेश्नलका सबै शाखामार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.