हिमालय उर्जाको १४ लाख कित्ता बढी शेयर लिलाममा

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर आज (असोज ७ गतेदेखि) देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो ।

यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकाले सो भन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ । सबैभन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउनेछ । त्यसपछि पनि शेयर बाँकी रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउनेछ । यही प्रक्रिया अनुसार शेयर बाँकी नरहेसम्म शेयर बाँडफाँड हुनेछ ।

jutta mela

लिलामीको शेयरमा आवेदन दिदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिनेछ । काठमाडौंभित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यही आवेदन दिन सकिनेछ ।

काठमाडौं बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

You might also like

Comments are closed.