महिला उद्यमीलाई प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण कार्यक्रम गरेको छ । यस बैंकले युसएड साझेदारीमा ‘देशैभरि बर्षैभरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका सँगको समन्वयमा नगरका महिला उद्यमीलाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमबाट वित्तीय ज्ञान, सीप, मनोबृद्धी तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने बैंकले विश्वास लिएको छ ।

jutta mela

यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, साक्षरता पुस्तिका, कुमारीजी एप, कलाकारको अभिनयसहितका सन्देशमुलक भिडियो, सचेतनामुलक सन्देश विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जनाएको छ । प्रशिक्षणबाट स्थानीय निकायमा रहेका उद्यमी सोँचको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्नेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमिक्त सहकार्य गर्दै जाने समेत बैंकले प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.