भृकुटीमण्डपमा बजाजको ग्राण्ड कार्निभल चल्दै

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्राण्ड कार्निभल ल्याएको छ ।

नेपालीको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले असोज ७ गतेदेखि भृकुटीमण्डपमा कार्निभल सुरु गरेको छ । सो कार्भिनल आगामी असोज १२ गतेसम्म चल्नेछ ।

jutta mela

यस ग्राण्ड कार्निभल अन्तर्गत ग्राहकले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ् सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् ।

साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन् ।

यस ग्राण्ड कार्निभलमा ग्राहकले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा रहेको छ ।

You might also like

Comments are closed.