मौरीपालन र वित्तीय साक्षरता तालिम समापन

झापुटार (तनहुँ) । तनहुँ जलविद्युत आयोजनाले आयोजना ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्गमा सञ्चालन गरेको ४ दिने मौरीपालन र एक दिने वित्तीय साक्षरतासम्बन्धी तालिम सम्पन्न भएको छ ।

आयोजना प्रभावितको जीविकोपार्जन पुनस्र्थापना तथा आयआर्जन बृद्धिका लागि दिएको तालिममा आयोजनाको डुवान क्षेत्र भिमाद नगरपालिका–५मा जग्गा पर्ने घरपरिवारका १६ जनाको सहभागिता थियो । असोज ३ गतेबाट ऋषिङ गाउँपालिका–८को वडा कार्यालयमा सञ्चालन गरिएको तालिम सोमबार समापन गरिएको छ ।

समापन समारोहमा ऋषिङ गाउँपालिका–८का वडाध्यक्ष भरतकुमार श्रेष्ठले आयोजना प्रभावितलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितको आयआर्जन बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमबाट सिकेको सीपलाई व्यवाहारिक रुपमा प्रयोग गरी पल्ट्याङ्गलाई मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्न वडाध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

jutta mela

तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले तालिमबाट हासिल भएका सीप र ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । प्रबन्ध–सञ्चालक श्रेष्ठले आयोजना प्रभावितको आयआर्जन बृद्धि गरी जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि प्रभावितको आवश्कता बमोजिम विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने बताए ।

तालिमबाट हासिल भएको ज्ञान र सीपले व्यवसायीक रुपमा मौरीपालन गर्न टेवा पुग्ने बताउँदै आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजनाहरु कार्यान्वयन भइरहेको उल्लेख गरेका छन् ।

तालिममा सहभागीको तर्फबाट गीता थापा, तीलबहादुर थापा र तेजबहादुर थापाले व्यवसायीक रुपमै मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम उपलब्ध गराएकाले सैद्धान्तिक भन्दापनि व्यवहारिक ज्ञान र सीप हासिल भएको बताएका छन् । तालिममा सहभागीलाई मौरीसहितको घार र आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ । साथै, सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

आयोजनाले प्रभावितलाई लक्षितगरी प्लम्विङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायतका १४ वटा तालिम सञ्चालन गरिसकेको छ । १३९ पुरुष र १५५ जना महिला गरी २९४ जनालाई विभिन्न तालिम दिइएको छ ।

You might also like

Comments are closed.