‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी सो’ हुँदै, आर्थिक गतिविधि बृद्धि तथा अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने

ललितपुर । ललितपुरको पाटनमा ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी सो’ हुने भएको छ । सो सम्बन्धमा मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा ‘समृद्धिका लागि सम्पदा संरक्षण’ भन्ने मूल नाराका साथ ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी सो’ हुने भएको हो । आउँदो असोज ११ देखि १३ गते (सेप्टेम्बर २७ देखि २९) सम्म हुने एक्स्पोको तयारी बारेमा आयोजकले जनाएको छ । ऐतिहासिक पाटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनका साथै यहाँको समग्र विकासमा यो एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवर्द्धनात्मक लगायत गरी २५ वटा स्टल रहने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । उनका अनुसार ती स्टलका माध्यमबाट स्थानीय उद्योग, व्यवसाय, नेपालमा पाइने खनिजका साथै कला, संस्कृति, सांस्कृतिक गहना तथा कलाकृतिका प्रर्वद्धन हुनेछ । स्थानीय कालिगढ, रत्न तथा आभूषण उद्यमी तथा व्यापारिक क्षेत्रसमेत एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अहिले युवा पुस्तामाझ चर्चित तथा लोकप्रिय रनवे (र्याम्प वाल्क) एक्स्पोको मुख्य आकर्षण बन्नेछ । एक्स्पोको अन्तिम साँझमा र्याम्प वाल्कमार्फत समापन कार्यक्रम हुने रोटरी क्लब अफ पाटन हेरिटेज अध्यक्ष सज्जु व्यञ्जनकार बताउँछन् । सो अवसरमा पनि विभिन्न रत्नादी भएको परम्परागत आभूषणको प्रदर्शनी, पोशाक पनि नेपाली मौलिकता तथा परम्परागत शैलीका हुनेछन्, नेपाली मौलिक संगीत तथा नृत्य लगायत मनोरन्जनात्मक प्रस्तुतीहरु रहने अध्यक्ष व्यञ्जनकारले बताए ।

jutta mela

पछिल्लो समय कोभिड महामारी र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । व्यवसायीहरु पनि पलायनको अवस्थामा छन् । यस्तो विषम परिस्थितिमा आयोजित एक्स्पोको माध्यमबाट आर्थिक गतिविधि बृद्धि हुने अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने रोटरी क्लब अफ पाटन हेरिटेजका पब्लिक इमेज चियर रञ्जु रन्जितकारको भनाई छ । एक्स्पोको उद्घाटन कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यक्रम तय भएको आयोजकको भनाई छ ।

एक्स्पो सफल बनाउन पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ ।

हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइक होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसन रहेका छन् ।

सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टिइपिसी), रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नं. ६, वडा नं. १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् ।

त्यस्तै कुमारी बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक, नेपाल कमर्सियल इन्टरप्राइजेज प्रालि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुरको पनि एक्स्पोलाई साथ रहेको छ ।

You might also like

Comments are closed.