लगानी विस्तारले रोजगारी वृद्धि र सुरक्षा प्रदान गर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जादा रोजगारी बढ़ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् ।

मंगलबार थाइल्याण्डको बैंककमा आयाजित व्यवसाय र मानव अधिकार बिषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने उनी बताउँछन् ।

यसैगरी साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरिकम सबै क्षेत्र अगाडि बढ्न नसक्ने पनि उनले बताए । साना उद्यमीको अधिकारको बिषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

jutta mela

अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा बताउँदै अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको र दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताएका छन् ।

साथै अध्यक्ष ढकालले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको बताए ।

साथै, उनले नेपालले हालै लगानी सम्बन्धी ८ वटा कानुनहरू परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिदैं लगानीको वातावरण निरन्तर सुधार भइरहेको समेत बताएका छन् । लगानीकर्तालाई नेपालमा लगानी गर्न उनको आग्रह छ ।

You might also like

Comments are closed.