जेम्स एण्ड ज्वेलरी एक्स्पोको ‘पावर्ड बाइ’मा क्लासिक डाइमण्डको साथ, यी हुन् अन्य प्रायोजक

काठमाडौं । ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ को पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालिले साथ दिएको छ ।

ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा असोज ११ देखि १३ गते पाटन दरबार स्क्वायर संंग्रहालयमा एक्स्पो हुँदैछ । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ मूल नाराका साथ आयोजित एक्स्पो सफल बनाउन पावर्ड बाइमा प्रायोजन गरी क्लासिक डाइमण्डले साथ दिएको हो ।

एक्स्पोका लागि इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं. १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को साथ रहेको छ ।

jutta mela

त्यसैगरी हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे (अपरेटेड बाइक होटल हिमालय), बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनले साथ दिएका छन् ।

सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर (टिइपिसी), रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ, ललितपुर महानगरपालिका वडा नं. ६, वडा नं. १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् ।

त्यस्तै कुमारी बैंक लि., नबिल बैंक लि. महालक्ष्मी विकास बैंक लि., नेपाल कमर्सियल इन्टरप्राइजेज प्रालि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुरको पनि एक्स्पोलाई साथ रहेको आयोजकको भनाइ छ ।

एक्स्पोको उद्घाटन कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा हुने ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । एक्स्पोमा सांस्कृतिक व्यापारिक, फुड र पर्यटन प्रवद्र्धनात्मक लगायत गरी २५ वटा स्टल रहने रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले जानकारी दिइन् । ‘एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन् ।

You might also like

Comments are closed.