ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक व्यक्तिले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सकिने बताए ।

यस प्रकृयामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सकिने बैंकले जनाएको छ । यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम रु. ५ लाख देखि अधिकतम रु. २५ लाखसम्म तोकिएको छ ।

jutta mela

यो कर्जाको निमित्त धितोको रुपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयम्को हुनुपर्नेछ, निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रुपमा स्वीकार गरिने छैन । यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।


ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो, जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.