फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यको लागि डिजिटल भुक्तानी सुविधा

ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.यफ) बीच, ए.पी.आइ आधारित होस्ट–टु–होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ ।

यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एर्प (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसोगर्दा, कर्पोरेट भुक्तानी जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकार सम्मको भुक्तानी सजिलो भएको छ । साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीबाट प्राप्त रकम सङ्कलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ ।

यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार; जस्तै होस्ट–टु–होस्ट भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीको साथ–साथै विभिन्न वित्तीय प्रक्रियालाई पनि सरल बनाउने गरेको छ । कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी, प्रयोगकर्ताको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसंग प्रतिबद्ध रहेको भन्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले बताए ।

jutta mela

डिजिटल भुक्तानी समाधानलाई एकीकृत गरेर, प्रयोगकर्तालाई सुविधा मात्र दिइरहेका छैनौँ हामीले डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेको कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले बताए । फोनपे सँगको सहकार्य हाम्रो वित्तीय सेवालाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो । कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीमा डिजिटल भुक्तानी सेवा सुचारुले सदस्यको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ । यस साझेदारीले योगदानकर्तालाई फाइदा पुर्याउने नवीन समाधान अपनाउने प्रतिबद्धतालाई दर्साएको छ ।

फोनपेबारेः
फोनपे, नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । यफ.वान सफ्ट समूहको सहायक कम्पनी, फोनपे एक आईएसओ तथा आईईसी २७००१ ः २०२२ प्रमाणित कम्पनी हो । फोनपेले बैंक तथा वालेटका ग्राहकका साथै व्यवसायलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवा दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कार ल्याउनमा केन्द्रित छ ।

कर्मचारी सञ्चय कोषबारेः
अहिलेको समयमा, कर्मचारी सञ्चय कोषले उत्कृष्ट सामाजिक सुरक्षा सेवा दिन प्रतिबद्धता देखाएको छ । डिजिटल प्रविधिलाई अपनाएर, हामीले हाम्रो सेवालाई छिटो, पहुँचयोग्य र सदस्यको खुशीको लागि सुधार गरेका छौं । हाम्रो अनलाइन प्लेटफर्मले सदस्यलाई लाभ आवेदनदेखि वास्तविक समय भुक्तानीसम्मका सेवा सजिलै पहुँच गर्न मद्दत गर्छ । आधुनिक प्रविधिको प्रयोगले, हामी प्रतीक्षा समय घटाउँदै र प्रक्रिया सजिलो बनाउँदैछौं, जसले गर्दा सदस्यले छिटो र सजिलै सहायता पाउँछन् । कर्मचारी सञ्चय कोषमा, हामी हाम्रो सदस्य र समुदायलाई राम्रो सेवा दिन निरन्तर डिजिटल समाधानहरू सुधार गर्दैछौँ ।

You might also like

Comments are closed.