मोहीमा आकर्षण बढ्यो

काठमाडौं । लुम्बिनी विशिष्टकृत सहकारी संस्था लिमिटेड तिलोत्तमा –६, पश्चिम पहुनी, रुपन्देहीद्वारा स्थापना गरिएको डेरी उद्योगले मोही प्रवद्र्धन कार्यक्रम गरिरहेको छ ।

“स्थानीय उत्पादनको उपभोग गरौँ, नेपाली भएकोमा गर्व गरौं” भन्ने नारालाई आत्मसात् गर्दै संस्थाको साधारण सभाको अवसरमा मोही खुवाउने कार्यक्रम छ ।

jutta mela

यही असोज १२ देखि सुरु भएको साधारण सभा आउँदो असोज १९ गतेसम्म चल्नेछ । सभामा सहभागी सेयर सदस्यलाई लुस्कुन ब्रान्डको मोही खुवाउने कार्यक्रम रहेको अध्यक्ष ज्ञानु पौडेलले बताइन् । यस सहकारीमा ४१ सेयर सदस्य आबद्ध रहेका छन् ।

नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानले राम्रो प्रभाव पारेको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् । डेरी उद्योगको परीक्षण सञ्चालन गरेको समयमा उत्पादित दहीको मोही बनाएर वितरण गर्दा मोहीको उपभोग राम्रो, सबैका लागि चासोको विषय भएको डेरी विज्ञ एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोज यादवले बताए ।


सेयर सदस्यलाई मोही खुवाउने र मोही प्रवद्र्धन गर्न अहिलेसम्म सहकारीमा १२ देखि १५ हजार लिटर मोहीको माग आइसकेको डेरी उद्योगकी कर्मचारी मिना छिदी बताउँछिन् । हाल देशभरी दैनिक करिब २ लाख ५० हजार लिटर मोहि बिक्री हुने गरेको एसोसिएसनका उपाध्यक्ष दिपप्रसाद धमलाले जानकारी गराए ।

You might also like

Comments are closed.