राहत सामग्री वितरण

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले राहत सामग्री वितरण गरेको छ ।

नाडाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्राचार्यलाई राहत सामग्री प्रदान गरेको हो । नाडाले महानिरिक्षक बज्राचार्यलाई ५० कार्टुन वाईवाई चाउचाउ र ८० कार्टुन जुस हस्तान्तरण गरेको छ ।

jutta mela

अहिले देश अविरल वर्षाको चपेटामा परेको अवस्थामा बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको नाडाका अध्यक्ष करण चौधरीले बताए । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरिक्षक बिनोद घिमिरे लगायतको सहभागितामा राहत वितरण गरिएको हो ।

नाडाले विगतका वर्ष देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत भइपरी आउने घटनामा पीडितलाई राहत सामाग्री उपलब्ध गराउँदै आएको छ ।

You might also like

Comments are closed.