ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकलाई खेलकुञ्ज एरेनामा बिशेष छुट

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेना बीच बिशेष छुट सम्बन्धमा सम्झौता भएको छ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको यस बैंकले ग्राहक तथा कर्मचारीलाई पोखरा १३, कुँडहर सिग्देलमार्गमा अवस्थित खेलकुञ्ज एरिनाद्वारा प्रदान गरिने विभिन्न खेलकुद, पौडी, मनोरञ्जन एवं खानाका परिकारमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको हो ।

jutta mela

सम्झौता पश्चात् बैंकका ग्राहकले ग्रीन डेविट कार्ड, मोवाईल बैंकिङ प्रयोग गरी कम्पनीमा उपलब्ध स्वीमीङ पुल, फुटसल, रेष्टुरेण्ट लगायतका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक संयुक्तबहादुर धाख्वा र खेलकुञ्ज एरिना प्रालिका तर्फबाट अध्यक्ष अनिस सिग्देलले हस्ताक्षर गरेका छन् ।


कार्यक्रममा बैंकको व्यवसाय प्रवद्र्धन विभाग प्रमुख अनुप के.सी र सितलादेवी शाखाका शाखा प्रवन्धक दिनेश बराल लगायत सहभागी थिए । यो सम्झौता २ बर्ष सम्मको लागि गरिएको छ ।

You might also like

Comments are closed.