पोखरा । पोखरामा जेठ ३१ गते गण्डकी प्रदेश स्तरीय सहकारी युवा गोष्ठी हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) को आयोजनामा कास्की बचत तथा ऋण सहाकरी संघ लि. र कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको सहकार्यमा युवा गोष्ठी हुने भएको छ ।
सहकारी क्षेत्रमा युवाको आकर्षण र सहभागिता बढाई युवाहरुलाई उद्यमी बनाई सहकारी मार्फत प्रदेशको समृद्धिमा योगदान पु¥याउने उद्देश्य सहित गोष्ठी आयोजना गर्न लागेको नेफस्कूनका सञ्चालक एवं गण्डकी प्रदेश संयोजक भीमबहादुर गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशको विभिन्न जिल्लाहरुबाट १ सय ५० जना युवा सहकारीकर्मीहरुको सहभागिता रहने उक्त कार्यक्रममा विषय विज्ञ एवं राष्ट्रिय प्रशिक्षकहरुबाट गण्डकी प्रदेशको समृद्धिको आधार र सहकारीको भूमिका, सहकारीमा युवाको भविश्य, अवसर र चुनौती, वित्तीय समावेसीकरण मार्फत युवा सशक्तीकरण र युवा वैज्ञानिकको विकास अनुभवलगायतका प्रस्तुति रहनेछ ।
गण्डकी प्रदेशमा ३ हजार ४ सय ५० वटा सहकारी मार्फत करिब ७ लाख ८० मानिसहरु सदस्यको छन् । ८ हजार बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको भने ४५ अर्ब बढी ऋण लगानी रहेको गुरुङले जानकारी दिए ।
गोष्ठीमा सहभागिताका लागि युवा सहकारीकर्मीहरुले नेफस्कूनपोखरा फिल्ड कार्यालय, कोआपरेटिभ म्यानेजर्स क्लब कास्की र कास्की बचत तथा ऋण सहकारी संघमार्फत नामदर्ता भइरहेको र हालसम्म १०० बढी सहभागीहरुले नामदर्ता गरिसकेको नेफस्कून पोखरा फिल्ड कार्यालयका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए ।
Comments are closed.