नेपालको पहिलो अफ–रोडर एसयुभि जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

काठमाडौं । एसपिजि अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथी, मिडिया तथा प्रभावशाली व्यक्तिको उपस्थिती रह्यो ।

नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, एसपिजि अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । इभि तथा गाडी पारखीमाझ यस एसयुभिले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको छ ।

हालसालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफुलाई एक उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभिको रूपमा स्थापित र प्रमाणित गरेको छ । यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ–रोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभुती दिलाउँछ ।

jutta mela

जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार–उपयोगी विशेषताहरू प्रदान गर्दछ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ जुन अन्य एसयुभिहरूमा प्राय पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ ।

एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ । स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ । स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ–रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ ।

साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ । यसको वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटि सेभेन’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर–वेडिङ डेप्थ प्रदान गर्छ । यही वेडिङ क्षमताले पानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ अनुभव कायम गर्दछ ।

यस गाडीको अरू विशेषतामा ‘मोटर–ड्रिभन’ चार्जिङ पोर्ट र सुन्दर डिजाइनको ‘थ्रि–स्पोक’ स्टेयरिङ ह्विल पर्दछ । यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन् । साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ ।

You might also like

Comments are closed.