सिटिजन्स बैंकले गर्यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले वर्षाका कारण ठूलो जनधनको क्षति भोगेका नागरिकलाई राहतका लागि सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितको राहत र पुर्नस्थापनाको लागि बैंकले आर्थिक सहयोग गरेको हो ।

शहरी विकास मन्त्रालयमा आइतवार आयोजित एक कार्यक्रमका बीच कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारी लगायत सहभागी थिए ।

jutta mela

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभका लागि कामना समेत गरेको छ । यस घटनाबाट प्रभावित सबैप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ ।

सिटिजन्स बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भुकम्पबाट पिडीतको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप रु १ करोड प्रदान गरेको थियो । जाजरकोटमा २०८० असोज १७ गते गएको विनाशकारी भुकम्पबाट पिडीतको उद्धार तथा उपचार गर्ने उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा रु २५ लाखको सहयोग गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि समाजको हितका लागि यस्ता सहयोगात्मक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ ईकाइबाट १६ लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.